नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता खाँदबारीमा सुरु
खाँदबारी । संखुवासभाको खाँदबारीमा आजबाट नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु
भएको छ । प्रतियोगिताको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा संखुवासभाका नौ सहित धनकुटाको चुलाचुली युवा क्लब, मोरङको बेलबारी फुटबल क्लब र
सुनसरीको पाथीभरा फुटबल क्लब सहभागी भएको आयोजक एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले
बताउनुभयो । राईका अनुसार प्रतियोगिता कार्तिक १२ गते सम्म सञ्चालन हुनेछ ।

खाँदबारी नगरपालिका वडा न ३ मा रहेको महेन्द्र मावि मानेभञ्ज्याङको खेलमैदानमा सुरु भएको
प्रतियोगिताका विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाईनलका
२ टिमले जनही नगद २५ हजारका पाउनेछन् । सर्वाेकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक
गोलकर्ताले जनही नगद ५ हजार पाउनेछन् ।
उद्घाटन खेलमा खाँदबारी युथलाई ३–२ गोलले हराउदै सेकाहा सामुदायिक क्लब दोश्रो चरणमा प्रवेश गरेको
छ ।
———
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्