Techie IT
बुधबार, कात्तिक २६,२०८३

खांदबारीमा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता आजदेखी शुरु


संखुवासभा — संखुवासभाको खांदबारी – ३ मानेभञ्ज्याङमा आज बुधबार देखी नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता शुरु हुदैछ ।आज कार्तिक ७ देखि कार्तिक १२ गते सम्म सन्चालन हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुराभएको आयोजक एडभान्स क्लब मानेभञ्ज्याङले जानकारी गराएको छ ।

यो वर्ष प्रतियोगितामा जिल्लाका नौ सहित धनकुटाको चुलाचुली, मोरङको बेलबारी फुटबल क्लब र सुनसरीको पाथीभरा फुटबल क्लब सहभागी हुने क्लबका अध्यक्ष जिल्लामान राईले बताए ।

महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगिता कार्तिक १२ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले १ ला रुपैयाँ प्राप्त गर्नेछ ।

आज दिउँसो एक भब्य समारोह बीच प्रतियोगिताको प्रमुख अतिथी खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रपछि ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत रहने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्