बेथानचोकमा पाल्बर लिन्क सेन्टरद्धारा ७०० घर परिवारलाई ‘विपद’ सहयोग
बेथानचोक गाउँपालिका वडा नम्वर ३ मा विपदमा परेका घर परिवारलाई सहयोग उपलब्ध गराईएको छ । ५ सय घर परिवारलाई खाद्यान्न, २ सय घर परिवारमा न्यानोका लागि ब्लाङ्गकेट र १९ घर परिवारलाई जस्तापाता सहयोग उपलब्ध गराईएको छ । वडा नम्वर २ मा ११ घर परिवारलाई जस्ता पाता र ४ हजार मिटर २० एमएमको खानेपानीको पाईप उपलब्ध गराईएको छ ।
पाल्बर लिन्क सेन्टरका मास्टर जेन जोङ, राजु गुरुङ, मिङमार गुरुङ, टासी तेन्जेन लामा, केचुन गुरुङ, यसी तामाङ, समुन्द्र तिमल्सिना, रेवटिन घले लगायतको उपस्थितीमा वडा नम्वर २ मा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष पुरुषोतम तिमल्सिना सहित उपभोक्ता समितिका अध्यक्षहरु, उपभोक्ताहरुलाई जस्ता पाता र खानेपानी पाईप उपलब्ध गराईएको थियो । त्यस्तै वडा नम्बर ३ मा वडा अध्यक्ष कुवेर ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा खाद्यान्न लगायतका सामाग्री उपलब्ध गराएको हो ।
बेथान्चोक संकटग्रस्त पालिका घोषणा भएको छ । एक सय भन्दा धेरै परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।


क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्