विशिष्टिकृत भूमिकाका हिमायती साथै परिवर्तनको संवाहक : ग्रामिण महिला
७० प्रतिशत भन्दा बढि ग्रामीण महिलाहरुले नेपालको कृषि थेग्दै आएका छन् । जसको पसिना र श्रमबाट हामी
उत्पादन गरि खाईरहेका छौ । उनीहरुको सम्मान गर्न सकेका छैनौ । विहानै उठेर घर आँगन सरसफाई, भाँडाकुँडा,
वस्तुभाउको हेरचाह, खानपान ब्यवस्था, मेलापात, खेतीपाती, बालबच्चा हेरचाह, घाँस दाउराका साथै बैठक, भेला
आदी कार्य गरि कामको बोझ खपेर हाम्रा ग्रामीण महिलाहरु कृषि र देशकोे योगदान गरिरहेका छन् ।
पारिवारीक जीवनमा बढी ब्यस्त रहनाले उनीहरुले आफ् नो ब्यक्तिगत जीवनको निर्णय लिन सकिरहेका छैनन् । कृषि
गणना २०७८ अनुसार कुल ४१३०८०० किसान घर परिवार .मध्ये कृषिमा संलग्न महिलाको संख्या ६० प्रतिशत
रहेको छ । महिलाहरु वालीको तुलनात्मक ुल्य पाउन असक्षम छन् ।
जीविकोपार्जनका लागि अत्यावश्यक भूमि, कृषिजन्य उत्पादनका साधन, बजार, उच्च मूल्यका कृषि खाद्यश्रृङ् खलामा उनीहरुको पहुँच छैन । रैथाने कृषि पद्धतिको अन्त्य भई आयातित कृषि प्रणालीको विकाससंगै नेपाली महिलाहरु ठूलो मारमा परेका छन् । परापूर्वकालदेखि गरिदैं
आएको नेपालको सां स्कृतिक कृषिलाई तोडमोड गरेर ब्यवसायिकताको नाममा ग्रामिण महिला एबं समुदायले
अबलम्बन गर्दै आएको परम्परागत ज्ञान सीपलाई ध्वस्त पारींदै छ ।
विना ज्यालामा परिवारिक हेरचाह तथा घर भित्रका जिम्मेवारीलाई उनीहरुले पुरा गरिरहेका हुन्छन् । कृषि कर्मलाई निरन्तरता दिई रहेका हुन्छन र पनि महिलाकिसानहरु पुरुषहरुका लागि परिपूरक उत्पादक र उद्यमी जस्तै मात्र रहँ दै आएका छन् ।
ग्रामिण महिलाका बिकराल अबस्थाको चर्चा परिचर्चा गर्दै उनीहरुको योगदानको कदर स्वरुप सन् २००७ मा १५
अक्टुवरलाई संयुक्त राष्ट्रसंघले ग्रामीण महिला दिवस मनाउने घोषणा ग¥यो । नेपाल सरकारले पनि लोलीमा बोली
मिलाउँदै उक्त घोषणालाई स्विकार ग¥यो तर दिवश मनाउन सकेन, ग्रामीण महिलाशरुलाई बर्षको १ दिन पनि
सम्झन सकेन । यो दिवसले कृषि र ग्रामिण विकासमा सुधारको लागि आदिवासी महिलाहरु सहित ग्रामीण
महिलाहरुको महत्वपूर्ण भूमिका र योगदानलाई मान्यता दिन्छ । खाद्य सुरक्षा र ग्रमिण गरिबी उन्मूलनमा उनीहरुको
योगदानलाई सम्झन्छ । दिवसले भोकमरी र कुपोषण विरुद्ध लड् न लैगिक समानता र महिला ससक्तिकरणको
भूमिकालाई उजागर गर्दछ ।
वातावरण र जैविक विविधतामा आधारीत कार्यमा ब्यस्त रहदा विश्वको आधार खाद्य उत्पादनको लागि महिलाहरु
जिम्मेवार रहन्छन । महिला किसानले जलवायु परिवर्तनसंग कसरी जुध्ने र अनुकूलन गर्ने भनेर ब्यवहारीक अभ्यास
गर्दै आएका छन् । प्रकृतिसंग अन्योन्यश्रीत सम्बन्ध स्थापना गर्दै, जैविक माटो ब्यवस्थापन साथै समुदायमा आधारीत
पूर्नस्थापनाका प्रयासमा उनीहरु तल्लिन छन् ।यसर्थ यसवर्ष संयुक्त राष्टसंघले “हाम्रो सामूहक भविश्यको लागि प्रकृ तिलाई दिगो बनाउने ग्रामिण महिलाः जलवायुलचिलोपनाको निर्माण, जैविक विविधताको संरक्षण र लैगिक समानता र महिला किशोरीहरुको सशक्तिकरणतर्फ
भूमिकाको हेरचाह“ भन्ने नाराको साथ ग्रामिण महिलाको सम्मानका साथ प्राथमिकता दिएको छ । उनीहरुको
कामलाई प्रवर्धन गर्न आहवान गरेको छ ।
समुदायको निर्णय प्रकृयामा उनीहरुको अर्थपूर्ण भू मिकालाई उजागर गरेको
छ । ग्रामिण क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ ।
राष्ट्रि य कृषक समूह महासंघ, नेपालले कृषिमा महिलाकरणः अवसरमा रुपान्तरण भन्ने नाराका साथ महिला किसानको
उद्यमशीलता रुपान्तरण गर्दै मुल्यश्रृखलामा उनीहरुको सहभागिता स्थापित गर्दै आर्थिक सशक्तिकरण साथै नीतिगत
पैरवीलाई प्रभावकारी बनाउन, महासंघका तहगत संरचनामा रहेका महिला किसानको क्षमता अभिबृद्धि एवं महासंघले
संचालन गर्ने गतिविधि तथा कार्यक्रमहरुको महिलामैत्री दृष्टिबाट लैंगिकता समावेशीकरणका लागि महासंघ महिला
किसान मञ्च संचालन कार्यविधि, २०८१ मार्फत ग्रमिण महिला किसानको सवाललाई मूलप्रवाहिकरण गरेको छ ।
महासंघको सबै तहगत संरचनामा १ प्रतिशत महिलाको सहभागिताको नीतिगत सुनिश्चितता र अभ्यास गर्दै आएके
छ ।
ग्रामीण जीविकोपार्जनमा जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुको विरुद्धमा उनीहरुलाई क्षमतावान बनाउनु
आजको आवश्यकता हो । खाद्य सुरक्षा तथा पोषण, भूमि तथा प्राकृतिक श्रोत व्यवस्थापनसँंग सम्बन्धित तिनिहरुको
ज्ञान र अनुभवलाई राज्यले कृषि विकासको आधारको रुपमा लिन सक्नु पर्दछ ।
महिलाको योगदानको सम्मानका
खातिर महिलामैत्री बातावरणको लागि सम्बन्धित सरोकारवालाहरुका ध्यानाकर्षण गराउने उदेश्यले राष्टिय कृषक
समूह महासंघ नेपालले यस दिवश नेपालमा सन् २०१४ देखि मनाउन थालेकोे हो । देशको ग्रामिण अर्थतन्त्र
जोगाउन ग्रामिण महिलाहरुले खेलेको भूमिकालाई कदर गर्न आवश्यक छ ।
ग्रामिण र तुलनात्मक रुपमा विपन्न महिलाहरुले समानताको महशुसीकरण गर्ने वातावरण बनाउनु पर्दछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्