दुर्गा भवानीको मूर्ति विसर्जन
असोज २८ गते । जिल्लाको विभिन्न स्थानमा निकालिएका दुर्गा भवानीको मुर्ति विर्सजन गरिएको छ । बाजागाजासहित स्थानीय नदी नालमा दुर्गा भवानीको मुर्ति विसर्जन गरिएको हो ।
जिल्लाका १० पालिकाअन्तर्गत विभिन्न चोक बजार गाउँमा दसैँको अवसरमा मुर्ति प्रदर्शन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मुर्तिहरुकाे विशेष हवन गरिएको थियो ।
जिल्लाको विभिन्न स्थानमा सयौँको संख्यामा दुर्गा भवानीको मुर्ति बनाई राखिएको थियो । १५ हजारदेखि ५० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । केही घटस्थापनाका दिन र अधिकांशले सप्तमीका दिन पूजापाठ गरी मूर्ति निकालेका थिए ।
दुर्गाको मूर्तिलाई भक्तजनले वाणगंगा नदीको रामघाट लक्ष्मणघाट, सुरई, कोठी, बेल नदी महसइया तथा विभिन्न नालामा भब्य रुपमा विर्सजन गरिएको हो । नवरात्रमा दुर्गा भगवतीको व्रत बसी पूजापाठ गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक बिश्वास रहिआएको छ ।
प्रजिअ विश्वप्रकाश अर्यालका अनुसार कृष्णनगर क्षत्रका मूर्तिहरु शनिबार र तौलिहवा, गोरुसिंगे, लबनी, पकडीलगायतका स्थानमा बनाइएका मूर्ति आईतबार सेलाइएको बताउनुभयो । मूर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत लागेको थियो ।
सम्भावित घटनालाई मध्यनजर गर्दै ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार मूर्ति विसर्जनका क्रममा कहीँ अप्रिय घटना नभएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्