पत्रकारले बनाइदिए दृष्टिविहीनको घर
असोज २३ गते । बाँकेको खजुरा गाउँपालिका वडा ६ का दृष्टिविहीन जयबहादुर विकको घर वर्षामा भत्किएपछि पत्रकारले सहयोग जुटाएर बनाएका छन् ।
खजुराका सञ्चारकर्मी खगेन्द्र दाहालको समन्वयमा घर निर्माण गरिएको हो । त्यसैगरी समाजसेवी लिलबहादुर थापाको सहयोगमा एक वर्षका लागि पुग्ने खाद्यान्न र लत्ताकपडा सहयोग गर्नुभएको छ ।
दसैंअघि विक परिवारलाई नयाँ घर उपहारस्वरुप दिन सफल पत्रकार दाहाल मानवीय नाताले सबैको साथ र सहयोगमा दृष्टिविहीन परिवारको घर निर्माण गर्न सकिएको बताउनुभयो ।
दाहालले भन्नुभयो, ‘कसैले नगद त कसैले घर निर्माणका लागि आवश्यक सामान दिएर सहयोग गर्नुभयो, दुई महिनामै नयाँ घर बनाएर हस्तान्तरण गर्न सक्यौं ।’ दृष्टिविहीन विकका साथमा श्रीमती र २ नाबालक छोरा रहनुभएको छ ।
कच्ची घर भत्केको दुई महिनामा नयाँ घर पाएपछि विक परिवारमा खुशी छाएको छ । उहाँले आफ्न घर निर्माणका लागि अभियान चलाएर दिनरात खट्ने पत्रकारहरु दाहाल, गणेश राईसहित सहयोगी सबैप्रति आभार प्रकट गर्नुभएको छ । विकले भन्नुभयो, ‘पहिले कच्ची घर हुँदा सानो वर्षा भए पनि डर लाग्थ्यो, अब नयाँ घर पाएपछि ढुक्कसँग निदाउन सक्ने भयौं ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्