डाइभर्सन बनेपछि हेवा खोलामा यातायात सुचारु
असोज २३ गते । बाढीले बेलिब्रिज बगाएपछि असोज १२ गतेदेखि आवागमन ठप्प भएको मेची राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि आवागमन सुरु भएको छ ।
सडक डिभिजन इलामले डाइभर्सन निर्माण गर्ने काम सकेसँगै हेवा खोलामा सवारी र ढुवानीका साधन तर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका –४ र हिलिहाङ गाउँपालिका –७ लाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा गतवर्ष मात्र निर्माण गरिएको बेलिब्रिज असोज १२ गते आएको बाढीले बगाएको थियो ।
बेलिब्रिज बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक ठप्प भएको थियो । दसैंको मुखमै खोलाबाट सामग्री तारेर लैजान नसक्दा हेवा पारिको पाँचथरसँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न र उपभोग्य वस्तु अभाव हुन थालेको थियो ।
असोज १४ गते डाइभर्सन गर्न थालेको सडक डिभिजनले ढिलागरी निर्माणकार्य सम्पन्न गरेको थियो । चार दिन अघि नै काम सक्ने भने पनि ह्युमपाइप पूरा नआउँदा काममा ढिलाइ भएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । डाइभर्सनको काम सकिएलगत्तै हेवा खोला वारी पारी रोकिएका साधन आफ्नो गन्तव्यमा लागेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डाइभर्सन बनेपछि हेवा खोलामा यातायात सुचारु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्