डा. कोजू भुई मान्छेका कवि हुन्:- साहित्यकार रसिक
प्रदीप ढकाल ,भक्तपुर
असोज २२,मंगलवार
जन साहित्य मञ्च भक्तपुर र रोम्बस सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा कबिता भोज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुर कमलबिनायकस्थीत रोम्बस सेकेण्डरी स्कूलको हलमा भएको उक्त कार्यक्रममा कबि डा. राजेन्द्र कोजूले आफ्नौ कविता संग्रहबाट केहि कबिता प्रस्तुत गरेका थिए । आउदैं गरेको वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत तधा छठ पर्वको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा कवि कोजुले वाचन गरेको कविता र गजललाई वरिष्ठ साहित्यकार कृष्ण प्रजापति, लाल बहादुर भुजेल, जितेन्द्र रसिक लगायतले त्यसको समिक्षा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी ने.क.पा. (एमाले) केन्द्रीय सदस्य सोम मिश्र रहेका थिए। यसैगरि कार्यक्रममा ने.क.पा. (एस) केन्द्रीय सदस्य ध्रुबराज बिस्ट लगायत बिभिन्न क्षेत्रका साहित्य प्रेमीहरुको उपस्थिति रहेको थियो। प्रमुख अतिथी सोम मिश्रले डा. कोजूले कबितामार्फ़त नेपाली लोकसाहित्यमा, संस्कृति र कला, नेपाली लेखन शैली र मौलिकतामा अतुलनिए योगदान दिईरहेको जनाएका थिए।त्यसैगरी अतिथी ध्रुबराज बिस्टले डा. कोजूको कविता सशक्त र प्रभावकारी हुने गरेको बताए। साहित्यकार जितेन्द्र रसिकले डा. कोजूका कविताको रोचकताबारे पनि प्रकाश पार्नुभयो ।
कार्यक्रमको सभापतित्व रोम्बस सेकेण्डरी स्कूलका प्रिंसिपल तथा कवि डा. राजेन्द्र कोजूले गरेका थिए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्