Techie IT
बुधबार, कात्तिक २६,२०८३

अण्डर १८ वडा स्तरिय फुटबल खेल सम्पन्न


प्रदीप ढकाल ,भक्तपुर
असोज १९, शनिबार ।

वडा बाल संजाले बिधालय स्तरिय तथा अण्डर १८ वडा स्तरिय फुटबल खेल आयोजना गरेको छ। चाँगुनारायण नगर खेलकुद बिकास समितिको सहयोगमा आयोजना भएको उक्त प्रतियोगितामा टिम ठुली ब्रमायणीलाई हराउदैं टिम बालकुमारी एफसी बिजयी भएको छ।

स्कूल तर्फको प्रतियोगितामा टिम पन्चकन्या मा. वि. बिजयी भएको छ। नगर खेलकुद बिकास समिति संयोजक रघु के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रबक्ता तथा वडा नं.८ का अध्यक्ष जनक खत्री दल प्रमुख आतिथी रहेका थिए। कार्यक्रममा वडाबाल सहजकर्ता रिता लामिछाने, बाल सहजकर्ता बिदुर नेपाल लगायतको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा वडा स्तरिय तर्फका बेस्ट प्लेयर समिर घोरासाईने र बेस्ट किपर करुण घोरासाईनेलाई नगर खेलकुद बिकास समिति संयोजक रघु के.सीले हौसला स्वरूप जनहि १०००/- समेत उपलब्ध गराएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्