आँधीखोलामा जिप दुर्घटना : सात घाइते
असोज १८ गते । स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्कमा शुक्रबार दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी जिपमा सवार चालकसहित ८ जना मध्ये घाइते भएका सात जनालाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकीमा पठाइएको डिएसपी पौडेलले बताउनुभयो ।
दुर्घटनामा आँधीखोला गाउँपालिका – ५ का ५० वर्षीया आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घिमिरे, ३२ वर्षीया सिर्जना चापागाई, कास्की महानगरपालिका पोखरा छोरेपाटनका १६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी– ५ कि ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीया शिव सिग्देल, कास्की महानगरपालिका ११ कि तीन वर्षीया छोरी सोफीया नेपाली घाइते भएका छन् ।
जिप घटनास्थलमा रहेको र दुर्घटना कसरी भयो सो बारेमा अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आँधीखोलामा जिप दुर्घटना : सात घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्