Techie IT
बुधबार, कात्तिक २६,२०८३

पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने


काठमाडौं, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।

पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।

पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहनुभएको छ । उहाँ आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने


तपाईको कमेन्ट लेख्नुहोस्