Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रदिप एफसीले जित्यो प्रथम भीष्म स्मृति कप


बिहिबार, १७ असोज

काभ्रे

प्रथम भीष्म प्रताप थापा स्मृति कप खुल्ला फुटसल प्रतियोगिता २०८१ को उपाधि प्रदिप एफसीले जितेको छ। बिहिबार भएको फाइनल भिडन्तमा प्रदिप एफसीले केटिएम एफसी लाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो। बनेपा स्थित प्लेयर्स फुटसलमा भएको फाइनल खेलमा प्रदिप एफसीको तर्फ़बाट अर्जुन थिंगले गोल गरे।

विजेता बनेको प्रदिप एफसीले शिल्ड, मेडल सहित ४० हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता केटीएम एफसीले २० हजार रुपैयाँमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई एन्फा केन्द्रीय सदस्य बिकाश श्रेष्ठले पुरस्कृत गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रदिप एफसीका सुदर्शन श्रेष्ठ चुनिए ।

बिजेता टिमका प्रशिक्षक प्रदिप ढकालले प्रतियोगितामा सहभागी हुन सहयोग गर्ने बिज एजुकेशन, नेपाल इको प्यानल, डलफिन एजुकेशन, सेट योर ट्रेड नेप्से, ३६५ टाटू, कालिका कल्पेश्वर, किशन थुसा लगाएत सम्पूर्णमा धन्यवाद ज्ञापन गरे। बनेपा लियो क्लब, प्लेयर्स फुटसल र भ्वाइस अफ युथको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल २४ टोलीले सहभागिता जनाएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्