दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने स्टिकर
असोज १६ गते । नेपालगन्जमा लामो समयदेखि प्रमुख समस्याको रुपमा रहेको छाडा चौपायाबाट हुने दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाउन सुरु गरिएको छ ।
छाडा चौपायाका कारण रातिको समयमा बढी दुर्घटना हुन थालेकाले रोक्न प्रहरीले छाडा चौपायाको घाँटीमा टाढैबाट टल्कने स्टिकर लगाउन थालेको हो । नेपालगन्ज उपमहानगरपालिका –४ र ६ स्थित सडकमा बढी छाडा चौपाया भेटिने गरेको हुँदा त्यहाँ भेटिएका छाडा चौपायालाई वडा प्रहरी कार्यालय नेपालगन्जले घाँटीमा टल्किने रिफ्लेक्टर स्टिकर टाँसेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले दिउँसो मात्र नभई छाडा गाईबस्तुले रातको समयमा पनि दुर्घटना गराउने गरेकाले रोक्नका लागि छाडा चौपायाको घाँटीमा स्टिकर टाँस्न सुरु गरिएको बताउनुभयो ।
उहाँले सो स्टिकर टाढैबाट टल्किने हुँदा सडकमा आवागमन गर्ने सवारी साधन र मानिस दुबैलाई आवागमनमा सहज हुने तथा दुर्घटनाको जोखिम पनि कम हुने बताउनुभयो ।
छाडा गाईबस्तुको घाँटीमा टल्किने स्टिकर लगाउन सुरु गरिए पनि सो कार्य अति नै गाह्रो रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बमले भन्नुभयो, ‘हाम्रो प्रयास छाडा चौपाया जति सबैलाई स्टिकर लगाउने हो । तर गाह्रो छ, प्रहरीको युनिफम देखेर गाइहरुले झम्टिन खोज्छन्, निकै मिहिनेत गरेर मात्र स्टिकर लगाउन सकिएको छ ।’
चैपायाको घाँटीमा स्टिकर लगाउन सादा पोशाकका प्रहरी परिचालन गरिने पनि उहाँले बताउनुभयो । नेपालगन्जको छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौती बन्दै गएको छ । सडकका चौपाया व्यवस्थापनका लागि पटक पटक विभिन्न योजना बनाइएको भए पनि अझै सो समस्या स्थायी रुपमा समाधान हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने स्टिकर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्