Techie IT
बुधबार, कात्तिक २६,२०८३

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु


धादिङ, १५ असोज। धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केही बेरअघि दुइतर्फी संचालनमा आएको हो ।

यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको थियो ।

सडक बन्द हुदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो । अहिले भने विस्त्रै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नामिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु


तपाईको कमेन्ट लेख्नुहोस्