Techie IT
बुधबार, कात्तिक २६,२०८३

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम थियो।

आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?, #निरन्तर ओरालो लाग्दै सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्