Techie IT
बुधबार, कात्तिक २६,२०८३

हेटौँडा काठमाडौँ सडक सम्पर्क जोड्न मन्त्री अमन मास्के सहितको टोली फिल्डमा ,आज साझँ सम्म संचालन गराउने प्रयास


हेटौँडा । हेटौँडा र काठमाडौँबिच सडक सम्पर्क जोड्न बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिनुभएको छ ।

सोमबारसम्ममा सडक खुलाउने उद्देश्य अनुसार ३ स्थानबाट पहिरो पन्छाउने तथा सडक मर्मतको काम थालिएको छ । काठमाडौँ, हेटौँडा र हुमानेबाट सडक खुलाउनु काम अघि बढाइएको मन्त्री मास्केले बताए । प्रदेश सरकारको शनिवार बसेको आकस्मिक बैठकले प्रदेशका अवरुद्ध सडकहरू सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई व्यवस्था गर्ने गरी निर्णय गरेको थियो ।
मन्त्री मास्केले विपद्को अवस्थामा सडक सञ्जालको अवरोध हटाउन मन्त्रालय मातहत क्यूआरटी गठन गरेका छन् । सो टिमलाई परिचालन गरी मन्त्री मास्के हेटौँडा काठमाडौँ सडक खुलाउने प्रयत्नमा रहेका छन् । क्यूआरटी संयोजक पुष्करप्रसाद पोखरेलेको नेतृत्वमा हेटौँडा तर्फबाट पनि सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

त्यसो त मन्त्री मास्के शनिवार नै जेसीवीसहित सडक खुलाउन काठमाडौँबाट हेटौँडातर्फ खटिएका थिए । तर, वर्षा निरन्तर भइरहेकाले उनको प्रयत्न टौदहमा नै रोकियो ।

इन्जिनियर मन्त्री मास्के र सचिव श्रेष्ठले आइतबार ३ टोली बनाएर सडक सञ्चालनको तयारी अघि बढाएका थिए । मन्त्रालयले पहिलो प्राथमिकतामा हेटौँडा काठमाडौँ सम्पर्क स्थापित गर्ने गरी सडक मर्मतको काम थालेको मन्त्री मास्केले बताए । हेटौँडा काठमाडौँ जोड्ने सबै सडकहरू बन्द रहेकाले तत्काल कुलेखानी फाखेल फर्पिङ सडक सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो ।

सोहीअनुसार मन्त्री मास्केले पूर्वाधार विकास कार्यालय ललितपुरलाई साथमा लिएर २ वटा जोसीवीसहित सडक खुलाउने काममा लागेका थिए । उनको टोली काठमाडौँ तर्फको सडक क्लियर गर्दै फर्पिङ आइपुगेको मन्त्री मास्केले बताए । सो टोली फर्पिङबाट हुमानेतर्फ अघि बढ्ने उनको भनाई छ ।

फर्पिङ हुमाने खण्डमा ग्राभेलहरू थुप्रिएको र त्यसलाई हटाएर सडक सञ्चालन गरिने उनले बताए । नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयत्नरत रहेको उनले बताए । विपद्को अवस्थामा सबैले मिलेर प्रतिकार्य गर्नुपर्ने भएकाले क्षतिको अवस्था अवलोकन, योजना निर्माण र कार्यान्वयन एकै पटक गर्ने गरी अघि बढेको मन्त्री मास्केले बताए ।

।

 

कुलेखानी जलाशयको बाँध खोल्दा सिमखोलाको पुलमा क्षति पुगेको र सडक नै बगाएकाले यातायात आवतजावत बन्द भएकाले त्यसको वैकल्पिक व्यवस्थाका लागि मन्त्रालयले योजना बनाउने उनले बताए । सो स्थानको क्षति अवलोकनका गरेको र वैकल्पिक रूपमा व्यवस्थाको काम गरिने उनले बताए । सो सडक खुलाउन पोखरेलको टिमले २ वटा स्काभेटर र २ वटा जेसीवी प्रयोग गरेको उनको भनाई छ ।

फाखेल तर्फको बाटो खुलाउन मन्त्री मास्केले हुमानेबाट कुलेखानी खण्डमा अर्को टोली परिचालन गरेका छन् । इन्जिनियर दिपेन्द रैतालाई फिल्डमा खटाएर हुमानेबाट मकवानपुरतर्फ महालक्ष्मी खोलासम्म सडकको पहिरो पन्छाउने काम भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्री अमन मास्के


तपाईको कमेन्ट लेख्नुहोस्