Techie IT
बुधबार, कात्तिक २६,२०८३

बाढी प्रभावित परिवारलाई राहत हस्तान्तरण


असोज १४ गते । वर्षा रोकिएसँगै नारायणी नदीमा पानीको बहाव विस्तारै घट्न थालेको छ । वर्षासँगै आएको बाढीका कारण नवलपुरमा छ सय ४१ घर डुबानमा परेका छन् । नारायणी नदी तटीय क्षेत्रका बस्तिहरु डुबानमा परेका हुन् । जिल्लाका विभिन्न स्थानमा गरि यो संख्यामा घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखे्रलले बताउनुभयो ।

पानीको बहाव घटेसँगै बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । मध्यविन्दु नगरपालिका मध्यविन्दु नगरपालिका –२, सितापुर र सेरीका दुई सय बाढी प्रभावित परिवारलाई राहतस्वरुप सामग्री वितरण गरिएको हो । केही दिन परेको अविरल वर्षाका कारण मध्यविन्दु नगरपालिकामा करिव चार सय ५० घरपरिवार डुवानमा परेका थिए ।

मध्यविन्दुकै वडा नम्बर –६ भडराका दुई सय घर र वडा नम्बर–१५ ,का १८ घर डुबानमा परेको छ । जसमध्ये अतिप्रभावित परिवारलाई सेभ द चिल्ड्रेनको सहयोगमा मध्यविन्दु नगरपालिका, जागृति बाल सरोकार नेपालको सयुक्त सहयोगमा राहत प्रदान गरेको छ ।

प्रभावितलाई सेल्टर किट, हाइजिन किट, डिगनिटी किट, साबुन, झुल, खानेपानी शुद्धीकरण गर्ने फिल्टर लगायतका गैरखाद्य सामग्री दिइएको छ । सुत्केरी महिलाका लागि छुट्टै किसिमका सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेनका संयोजक देवेन्द्र आचार्यले बताउनुभयो । यो सँगै बाढी प्रभावित क्षेत्रहरूमा त्रिपाल, कम्मल, खाद्यान्न, लत्ताकपडा, र औषधी वितरण भइरहेको छ । स्थानीय प्रशासनले पनि बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्दै आवश्यक सहयोग पुर्याइरहेको छ ।

नगरप्रमुख भीमलाल अधिकारीले पालिकामा बाढी प्रभावितलाइ अति आवश्यक पर्ने सामग्री वितरण गरेको बताउनुभयो । प्रभावितलाइ गास, बास र कपासको आवश्यकतालाई हेरी नगरपालिका र विभिन्न सघंस्था मार्फत राहत वितरण सुरु गरिएको बताउनुभयो । थोरै भएपनि घाउमा मलामपटि लगाउन नगरपालिका जुटेको बताउनु भयो । नगरपालिकाका कर्मचारीले समेत एक दिनको तलव प्रभावितलाइ सहयोग गरेको बताउनुभयो ।

अति प्रभावितलाइ पहिलो प्राथमिकता दिएपनि सवैलाइ वितरण गर्ने उहाँको भनाइ छ । नगरपालिकाले घुम्ती शिविर समेत संचालन गरेको बताउनुभयो ।

उहाँले मध्यविन्दु नगरपालिकामा सवै पालिका भन्दा बढी कृषि लगाएत अन्य क्षेत्रमा क्षति पुगेको बताउनुभयो । यहाँका स्थानीयलाइ विभिन्न तवरबाट सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएपनि पशुचौपाय र कृषिमा क्षति पुगेकाले एकिन तथ्याकं निकाल्न नसकेको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाढी प्रभावित परिवारलाई राहत हस्तान्तरण


तपाईको कमेन्ट लेख्नुहोस्