वर्षापछि खुलेको मुस्ताङमाथिको सुन्दर आकाश
असोज १४ गते । पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारीको जिल्ला मुस्ताङमा बर्खापछि मौसम खुलेसँगै आकर्षक देखिएको छ । पवित्र तीर्थस्थल मुक्तिनाथबाट वरपरका दृश्यहरु निकै मनमोहक देखिएको हो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता एवम् वडा १ मुक्तिनाथका अध्यक्ष प्रमेश गुरुङका अनुसार बिहानदेखि मौसम खुलेपछि पर्यटकहरु उत्साहित भएका छन् । सदरमुकाम जोमसोमदेखि २० किलोमिटरको दूरीमा पर्ने मुक्तिनाथ मन्दिर तथा मुक्तिनाथ तथा पुराङगाउँ, झारकोटलगायतको क्षेत्रबाट केही खुलेको आकाशसँगै देखिएका हिमशृङ्खलाले पर्यटकलाई लोभ्याएको छ ।

वर्षाले गर्दा अन्याेलजस्तो भएका पर्यटकहरु मौसम खुलेसँगै उत्साहित हुँदै तस्बिर तथा भिडियो खिच्दै गन्तव्यतर्फ लागेको मुक्तिनाथका पर्यटन व्यवसायी रबिन सुवेदीले बताउनुभयो ।
१६ श्राद्धको समय भएकाले कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएका धार्मिक पर्यटक बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा अवरोध भएपछि मुस्ताङमै रोकिएकोमा मौसम खुलेसँगै गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वर्षापछि खुलेको मुस्ताङमाथिको सुन्दर आकाश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्