दुई सय ४० भन्दा बढी घरपरिवार विस्थापित
असोज १३ गते । अविरल वर्षाका कारण झापाका विभिन्न खोला आएको बाढी र डुबानमा परेर २ सय ४० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई स्थानीय निकायहरूको समन्वयमा छिमेकी तथा अन्य सुरक्षित राखिएको छ । अति आवश्यकीय खाद्यान्न लगायतका सामग्रीहरू भने पुर्याएको छ ।
बिरिङ खोलाको बाढीले ५० घरभन्दा बढी विस्थापित बनेका छन् । झापा गाउँपालिकाका ५० घरभन्दा बढी विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले बताउनुभयो ।
भद्रपुर नगरपालिकामा ३० घर विस्थापित बनेका छन् । जिल्लाका विभिन्न ठुला तथा साना खोलाहरूमा आएको बाढीले २ सय ४० भन्दा बढी घर डुबान र उच्च जोखिममा रहेकाले त्यहाँ बस्दै आएकाहरूलाई सुरक्षित स्थलमा राखिएको चन्दले बताउनुभयो ।
शनिवार बेलुकादेखि वर्षा कम भएपछि खोलाको सतह घटेको र डुबान क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । यद्यपि खतरा कायमै रहेकाले खोला आसपासमा सतर्कता अपनाउन आग्रह गरिएको प्रशासनले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुई सय ४० भन्दा बढी घरपरिवार विस्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्