कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने, राहत तथा उद्धारमा जुट्न नेता-कार्यकर्तालाई निर्देशन
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय पनि भएको छ ।
नेता महतका अनुसार एक महिने अभियानका लागि विभिन्न जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई राहत र उद्धार खट्न र कोजाग्रत पूर्णिमासम्मका सबै कार्यक्रम स्थगित गर्दै सो दिन पार्टीले विभिन्न चाडपर्व लक्षित चियापान कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ ।
उनले भने, ‘सरकारलाई तत्काल राहत र उद्धारमा ध्यान दिँदै बेपत्ताको खोजी र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छौं ।’
कांग्रेस बैठकले राष्ट्रिय विपत्रिमा सबै राजनीतिक दल, नागरिक समाज र सबै नागरिकलाई एकजुट भएर राहत र उद्धारमा जुट्न आग्रह गर्दै चाडबाडको मुखमै परेको विपत्तिमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।
बैठकले ०८१ मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदारलाई दर्ता गर्ने र सबै प्रकृया अघि बढाउन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी निर्णय गरेको नेता महतले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने, #राहत तथा उद्धारमा जुट्न नेता-कार्यकर्तालाई निर्देशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्