विद्यालय तीन दिन बन्द
काठमाडौँ, असोज १३ गते । वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।
मन्त्री भट्टराईका अनुसार विभिन्न विश्वविद्यालयले शनिबार सञ्चालन गरेको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई अर्को दिन परीक्षामा बस्न दिने निर्णय पनि गरिएको छ । शैक्षिक क्यालेन्डर कार्यान्वयनको दबाबमा रहेको त्रिभुवन विश्वविद्यालयले शनिबार पनि मुलुकभर विभिन्न तहको परीक्षा सञ्चालन गरेको थियो । मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी सम्पूर्ण विश्वविद्यालयको परीक्षा एक साताकै लागि स्थगित गर्ने विषयमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श गरेको थियो तर एक सातासम्म परीक्षा पर लैजाँदा शैक्षिक पात्रो नियमित गर्न अप्ठ्यारो पर्ने राय विश्वविद्यालयका पदाधिकारीबाट आएको थियो । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले परीक्षा तथा पढाइ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । हाल विश्वविद्यालयमा स्नातक तहका विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको छ ।
साथै अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुँदै छ । साथै आइतबार स्थगित गरिएको विश्वविद्यालय तहका परीक्षा पनि अन्तिम परीक्षा सकिएको दिनको भोलिपल्ट सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार साँझदेखिको झरी र बाढीका कारण उपत्यकासहितका बाहिरका जिल्लाका शैक्षिक संस्था डुबेका छन् । डुबानका कारण भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
बाढीमा घेरिएका विद्यार्थीको उद्धार
हिजोदेखि बाढीमा फसेका कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३२ जनाको हेलिकोप्टरमार्फत भर्खरै उद्धार भएको छ । उनीहरूलाई गजुलीदहमा सुरक्षित रूपमा राखएिको गुरु नारायण घिमिरेले जानकारी दिनुभएको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुललाई सुनकोशी र रोशीखोलाले घेरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यालय तीन दिन बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्