मन्त्री भण्डारीको कदमले घट्यो बजार मूल्य, उपभोक्तालाई राहत
काठमाडौं, १० असोज । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मूल्य घटेको छ ।
नीतिगत रुपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरु सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको छ । अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपयाँ घटेको पाइएको छ । यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ ।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मूल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य वस्तुहरु उपलब्ध भइरहेका छन् । चाडपर्वको समयमा उपभोग्य वस्तुहरुको मूल्य घटेपछि उपभोक्तालाई सहज भएको छ । खाद्य तथा साल्टले सञ्चालन गरेका पसलहरुमा उपभोग्य सामग्रीको प्रयाप्तता रहेको छ । अहिले मन्त्री भण्डारीको निर्देशनमा तिव्र रुपमा बजार अनुगमन भइरहेको छ । ७ असोजमा ३५ रुपयाँ पर्ने बोतलको पानी १ सय रुपयाँमा बिक्री गरेको पाइएपछि काठमाडौंस्थित जिम्बु रेष्टुरेण्टलाई कारबाही गरी ३ लाख रुपयाँ जरिवाना असुल गरिएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्री भएको पाइएमा तुरुन्त खबर गर्न सूचना जारी गरेको छ ।
मन्त्री भण्डारीले एकसय दिनका लागि तयार गर्नुभएको कार्ययोजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पूर्व सूचना बाहिरिने प्रवृत्ति हटाउनेलगायतका कुराहरु उल्लेख गर्नुभएको छ ।
नियमित रुपमा भइरहेको बजार अनुगमनका कारण म्याद गुज्रेका सामानहरु बिक्री वितरणमा कमी आएको छ । मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटलमा गुणस्तरहीन खानेकुरा बिक्री हुने गरेकाले अनुगमन बढाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता मारमा पर्ने कुरामा सरकार गम्भीर ढंगले लाग्ने बताउनुभएको थियो । उहाँले व्यापारिक क्षेत्रको बदमासी र अनियमीतता रोक्नुपर्ने बताउँदै आउनुभएको छ । सोही अनुरुप आपूर्तिमन्त्री भण्डारीले कालोबजारीका कारण उपभोक्ता मारमा पर्ने स्थिति हटाउन नीतिगत सुधार गर्दै आउनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपभोक्तालाई राहत, #मन्त्री भण्डारीको कदमले घट्यो बजार मूल्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्