प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण : महासचिव पोखरेल
असोज ९ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धीमूलक भइरहेको बताउनुभएको छ । भ्रमणकाक्रममा त्यहाँ कुनै खालको विरोध, नाराजुलुस नभएकाले भ्रमपूर्ण प्रचारका पछाडि नलाग्न आग्रह गर्नुभयो ।
धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यतालिका निक्कै व्यस्त रहेको बताउनुभयो । व्यस्तताका कारण एउटा कार्यक्रम स्थगित भएको उहाँको भनाइ छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि संयुक्त राष्ट्रसंघको महासभामा व्यस्त रहनुभएको उहाँले बताउनुभयो ।
‘सामाजिक सञ्जालको अत्यधिक दूरुपयोग गरी अनेक हल्ला चलाइएका छन्, यसले बैकल्पिक शक्ति बन्छौ भन्नेहरुको नियत प्रस्ट भएको छ’ महासचिव पोखरेलले भन्नुभयो ।
फरक प्रसङ्गमा उहाँले रास्वपाका सभापति रवि लामिछानेले आफूमाथिको अनुसन्धान प्रभावित बनाउन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीविरुद्ध दुस्प्रचार गरिएको बताउँदै यस्तो गर्नु कानुनी राज्यको उपहास हो, भन्नुभयो ।
उहाँ (रबि) ले निशर्तरुपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राख्दै महासचिव पोखरेलले भन्नुभयो, “सहकारीको पैसा कम्पनीमा लगानी गर्न कानुनले दिँदै दिदैन, सहकारीको पैसा अनुचितरुपमा कम्पनीमा ल्याएर जथाभावी खर्च गर्ने, अहिले क्लीन चिट पाएँ भनेर हल्ला फैलाउने ? क्लीन चिट त अदालतले दिने होला नि ।’
उहाँले युद्ध लड्नेको प्रशंसा गरेका छौं, गलत कुराको विरोध गरेका हौं, चर्चा गर्दै माओवादीकालमा वस आगजनी गर्ने, घर जलाउने काम हिंसा नै हो, सत्यनिरुपण आयोगले पनि ती कुरा स्वीकार गरेको छ ।
त्यो असंसदीय अभिव्यक्ति नभएकोे चर्चा गर्दे त्यहीकारण संसद अवरुद्ध गर्नु ठिक थिएन, माओवादीमा त्यसमा सच्चिएर आएको छ, त्यसका लागि धन्यवाद दिनैपर्छ । महासचिव पोखरेलले प्रधानमन्त्रीको १०० दिन नपुग्दै सरकार छोड्नु परेको छटपटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति ठिक थिएन भन्नुभयो ।
संविधान संशोधनका सवालमा बोल्दै उहाँले अहिले संविधान कार्यान्वयनको एक दशकमा सबल पक्ष खोज्ने र कमजोर पक्षमा संशोधन गर्नुपर्ने आशय राख्नुभयो । महासचिव पोखरेलले विकास र स्थायित्वका लागि एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले छिमेकी भारत र चीनको विकास हुनुमा क्रमशः प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनफिङको लगातार तीन पटकको नेतृत्व पनि मुख्य कारण हो, भन्नुभयो । त्यसैकारण ठुला दल एमाले र कांग्रेसले स्थायित्व दिन मिलेर सरकार बनाएको बताउँदै उहाँले आगामी चुनावमा जसले भए पनि एकल बहुमतको सरकार हुन जरुरी रहेको बताउनुभयो ।
“कांग्रेस र एमाले दुई वटै दलले कसैसँग चुनावी तालमेल नगरिकन एक्लाएक्लै चुनाव लड्ने भनिसकेका छौं” महासचिव पोखरेलले भन्नुभयो, “एमालेले एकल बहुमत ल्याउने गरेर काम गरिरहेको छ, एकल बहुमत पाउँछौ ।”
अहिलेको सरकार मुलुकमा लोकतन्त्रलाई सही दिशामा लैजान, आर्थिक प्रगति गर्न, युवा पलायन रोकेर मुलुक निर्माणमा लगाउन बनेको दावी गर्दै उहाँले अहिले आर्थिक अवस्था सुधार हुँदै गएको, उद्योगी व्यवसायी खुसी भएको, विदेशी लगानी बढेको पनि बताउनुभयो ।
महासचिव पोखरेलले गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकार लागेकाले त्यसबारेको विद्येयक संसदमा छलफलमा रहेको त्यो पारित भएपछि र पाठ्यक्रम बनाइएपछि डाक्टर पढाउने कोटा निर्धारण हुने बताउनुभयो ।
पत्रकारको एक प्रश्नमा महासचिव पोखरेलले पूर्व उपाध्यक्ष भीमबहादुर रावल जिम्मेवारीबाट आफै बाहिरनु भएको, पार्टीका नीति नियमविपरित स्वतन्त्ररुपमा हिँडिरहेकाले उहाँका बारेमा कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्