Techie IT
बुधबार, कात्तिक २६,२०८३

पहिलो रोयल नेपाल फुटसल हुने


प्रदीप ढकाल ,भक्तपुर
असोज ८, मंगलबार ।

रोयल नेपाल फुटसलको आयोजनामा असोज १० गते देखी खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ। आगामी असोज १० देखि १२ गतेसम्म पेप्सिकोला स्थित दिव्यश्वरी प्लानिंगमा पहिलो रोयल नेपाल सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता २०८१ आयोजना गरिने कार्यक्रम संयोजक कृष्ण कार्कीले जानकारी दिए ।

प्रतियोगिता संयोजक कृष्ण कार्कीले फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले उक्त प्रतियोगिता करिब ५० वटा टिमको सहभागिता रहने समेत जानकारी गराए। ३ दिन चल्ने उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २,०२,२२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई १,०१,१११ रुपैयाँ प्रदान गरिनेछ। उक्त प्रतियोगितामा सर्बोत्कृत खेलाडी तथा  उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।फुटसल टुर्नामेन्टको दर्ता फारम रोयल नेपाल फुटसल मार्फत वा ९८५१२१९८१९ मा सम्पर्क गरी पाउन सक्नु हुने छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्