प्रहरी कार्यालयको भेन्टिलेसन फोडेर भागे ८ थुनुवा
धनुषामा प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।
हिरासतबाट ९ जना फरार भएका थिए ती मध्य एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार हुनेमा लागु औषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया रहेका छन्। त्यस्तै अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।
फरार भएकाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । घटनाबारे विस्तृत बुझ्न आफू जिल्ला प्रहरी कार्यालय जान लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #८ थुनुवा फरार, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्