त्रियुगा नदी कटान क्षेत्रको मन्त्री खड्का द्वारा स्थलगत निरीक्षण
मन्त्री खड्काद्धारा त्रियुगा नदी कटान क्षेत्रको स्थलगत निरीक्षण
उदयपुर, ६ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री खड्काले आज उदयपुरस्थित त्रियुगा नदी, वरुवा नदी, कोसी नदीलगायतमा आएको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बिच जनताको आवश्यकतालाई पुरा गर्न सरकार लागेको बताउनुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकांक्षालाई क्रमागत ढंगले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवम् उदयपुर क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा वर्षेनी ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकार लाग्नुपर्ने बताउनुभयो ।
निरीक्षणमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : ##उदयपुर, #उर्जा, #जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, #निरिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्