खाँदबारीको आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग
खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका वडा न १ का एक समाजसेवी परिवारले समुदायले संचालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।
दिवंगत हुनुभएका आमाबुवाको नाममा खाँदबारीका मनोज श्रेष्ठका ५ दाजुभाईले आइतबार एक कार्यक्रमबीच आँखा उपचार केन्द्रलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
दाताहरूले यो रकम गरिव, असहाय, दलित र विपन्न बर्गको उपचारमा खर्च गर्ने गरी सहयोग गरेका हुन् । नेपाल नेत्र ज्याति संघका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई अक्षयकोषका रुपमा राख्ने र त्यहाँबाट आएको व्याजले उपचार गर्न नसक्ने आखा रोगीको उपचार गर्ने बताउनुभयो ।
सदरमुकाम खाँदबारीमा संचालित तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब ४ हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । ४ सय बढीको वार्षिक रुपमा मोतिया विन्दुको नि:शुल्क शल्यक्रिया गर्ने गरिएको छ । यसअघि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माणका लागि करिव ६ रोपनी जग्गा नि:शुल्क दान गरेका थिए ।
आँखा उपचार केन्द्रले कानको समेत सेवा दिँदै आएको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #hot, #आर्थिक सहयोग, #तेजरत्न आँखा कान उपचार केन्द्र, #नेपाल नेत्रज्योति संघ, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्