बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर
असोज ६ गते । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । ४ जना गम्भीर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार सिंहले डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएकोमा एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्युभएका र घाइतेहरुको परिचय खुल्न बाँकी छ । घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चार गम्भीर, #बोलेरो दुर्घटनामा एकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्