नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । नेपालमा क्यान्सर रोगको क्षेत्रमा क्रियाशिल अर्बुद रोग निवारण संस्था (NCRS) ले ४२औं वार्षिकोत्सव मनाएको छ । क्यान्सर रोगको क्षेत्रमा चार दशकयता कृयाशिल संस्थाको काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्री दिपक खड्काले क्यान्सर सम्बन्धि जनचेतना फैलाउने काममा यस संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । देशभरका क्यान्सर रोगीका लागि उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन यस संस्थाको महत्वपूर्ण कार्य भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गर्नुभयो । संस्था क्यान्सर रोग विरुद्ध सचेतना फैलाउने र उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले स्तरीय सेवा विस्तारमा भने अझै धेरै काम गर्न बाँकि रहेको बताउनुभयो । उहाँले सरकारले उपचरात्मक पाटोमा ध्यान दिएर जनचेतना फैलाउने पाटोमा भने सामाजिक संस्थाहरुको साथ लिएर अगाडी बढ्नु पर्ने सुझाव दिनुभयो ।
संस्थाका महासचिव दिपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखाहरुमा रहेका १५ हजार भन्दा बढी स्वयम्सेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताउनुभयो ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरको क्षेत्रमा संस्थाले गरेको योगदानको प्रसंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाले नेपाल वायुसेवा निगम र यतिकेम प्रालिलाई विशेष सम्मान गरेको थियो । त्यस्तै उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत नौ जना क्यान्सर विशेषज्ञहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै क्यान्सर सम्बन्धि रोग उपचारका विज्ञ नौ जचिकित्सकहरुलाइ पनि सो कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा डा. महेश खकुरेल, डा. प्रकाशराज न्यौपाने, डा. प्रदिप वैद्य, डा. उज्वलराज चालिसे, प्रभुराम वैद्य लगायतले संस्थाको कामको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा प्रकाशित स्मारिका प्रमुख अतिथि माननीय मन्त्री दिपक खड्काले विमोचन गर्नुभएको थियो । विशेषज्ञ चिकित्सकहरु, विद्यालयका विद्यार्थीहरु, पत्रकारहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो । यसका साथै संस्थाको ४२औं वार्षिकोत्सवको अवसरमा देशभरका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #४२ औं वार्षिकोत्सव, #hot, #उर्जा मन्त्री दिपक खड्का, #नेपाल अर्बुद रोग निवारण सस्था
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्