Techie IT
बुधबार, कात्तिक २६,२०८३

डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ,


३१ भदौ, धनगढी । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पु गरिएको उनले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्