पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, मनोनयन दर्ता असोज ४ मा
काठमाडौ । आगामी असोज १२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको निर्वाचन समितिले शनिबार साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आगामी असोज ४ मा बिहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि केन्द्रीय समितिका लागि मनोनय दर्ता समय निर्धारण गरिएको छ ।
यस्तै उम्मेदवारको नामावली प्रकाशन असोज ४ गते नै साँझ ५ बजे हुनेछ भने उम्मेदवारमाथी दाबी विरोध असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते दिउसो २ बजेसम्म रहेको छ । यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय असोज ४ गते साँझ ५ बजे देखि असोज ५ गते अपरान्ह ४ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली असोज ५ गते साँझ ६ बजे प्रकाशन हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ भने संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखा मनोनयन दर्ता असोज १० गते बिहान १० बजे देखि दिउसो ३ बजेसम्म रहेको छ ।
कार्यतालिका अनुसार असोज १२ गते बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म हुने र मतगणना पनि मतदान कार्य सकिए लगत्तै हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक प्रा।चिरञ्जीवी खनालले जानकारी दिए । उनका अनुसार कार्यतालिकामा उल्लेखित सबै कार्यक्रम सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा सम्पन्न हुने र मतदान गर्ने समय समाप्न्त भए पछि मतगणना कार्य सम्बन्धित निर्वाचन समितिले तोकेको स्थान र समयमा हुने जनाइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, #मनोनयन दर्ता असोज ४ मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्