Techie IT
बुधबार, कात्तिक २६,२०८३

कुपण्डोलमा बीच सडक फुटेर पानी निस्कियो, सडक नै भासियो


२९ भदौ, काठमाडौं । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ ।

कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हाे ।

 

सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान मात्र गरिएको छ ।

पानी निस्किएका कारण सडक नै भासिएको छ ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुपण्डोलमा बीच सडक फुटेर पानी निस्कियो, #सडक नै भासियो


तपाईको कमेन्ट लेख्नुहोस्