नार्गाजुन नगरपालिका स्थानीय तह बेरुजु कम (०.८) भएको उत्कृष्ट नगरपालिकाबाट सम्मानित
काठमाडौं । काठमाडौंको नार्गाजुन नगरपालिका स्थानीय तह बेरुजु कम भएको उत्कृष्ट नगरपालिका बाट सम्मानित भएको छ ।
नेपाल काँग्रेसको स्थानीय तह समन्वय विभागले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रनिधिले नेतृत्व गरेको उत्कृष्ट स्थानीय तहलाई सम्मान स्वरुप नार्गाजुनका मेयर मोहन बहादुर बस्नेत सम्मानित हुनु भएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीले सम्मान गरेका हुन् ।
आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट हुने ४ गाउँपालिका र ३ नगरपालिका गरेर ७ स्थानीय तहलाई सम्मान गरेको हो भने २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा ४ गाउँपालिका र ४ नगरपालिका गरेर ८ वटा स्थानीय तहलाई सम्मान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नार्गाजुन नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट नगरपालिकामा सम्मानित, #मोहन बहादुर बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्