चाडपर्व लक्षित बजार अनुगमन सुरु
भदौ २८ गते । सुनसरीमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत चाडपर्वलाई लक्ष्ति गरेर बजार अनुगमन थालेको हो ।
दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर अनुगमन थालेको छ । सङ्घीय सरकारको निर्देशन अनुसार प्रशासनले टोलीटोलीमार्फत बजार अनुगमन गर्दै आएको छ । बजार अनुगमन टोलीले खाद्यान्न, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिरहेको जनाएको छ ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब दुई साता बाँकी छँदै प्रशासनले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो ।
सबै सहरी तथा ग्रामीण क्षेत्रका बजार अनुगमन सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । खासगरी जिल्ला सदरमुकाम इनरुवा, धरान, इटहरी, रामधुनी, झुम्का, दुहवी, कोशीलगायतको क्षेत्रमा अनुगमन थालिएको तिवारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहको नेतृत्वमा बजारमा उपस्थिती बढाउँदै अनुगमनलाई तिव्र पारिएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बजारको आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिंदै अनुगमन थालेको जनाएको छ ।
बजार अनुगमन व्यवसायीहरूलाई आतङ्क फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि प्रशासनले स्पष्ट पारेको छ । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चाडपर्व लक्षित बजार अनुगमन सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्