कर्णाली नदीमा खतराको सङ्केत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २८ गते । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण उर्लेको कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।
चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ । सो केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १०.८० मिटर खतराको तह मानिन्छ ।
कर्णाली नदीले खतराको तह पार गरेपछि यसले प्रभाव पार्दै आएको बर्दिया र कैलालीको विभिन्न पालिकावासीसहित तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिइएको छ । बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिकामा कर्णालीको बाढीले प्रभाव पार्ने गर्दछ ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको विभिन्न क्षेत्रमा यो नदीका कारण डुबान हुने गरेको छ । डुबान हुँदै आएको क्षेत्रका समुदायमा उच्च सतर्कता अपनाउनका लागि सूचना दिइसकेको गुरुङले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णाली नदीमा खतराको सङ्केत, #तटीय क्षेत्रमा सतर्क रहन आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्