खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं, २८ भदौ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल ओलम्पिकको सहभागिताको तलाबाट पदक विजेताको तलामा उक्लिएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खेल क्षेत्र एउटा स्थान विषेश र देश विशेषको पहिचानको कुरा हो । खेलले कुन देशले जित्यो भन्ने कुरा विश्वभर प्रचारित हुन्छ । हाम्रो सहभागिता लामो समयदेखि भएको भएपनि पदक प्राप्त गर्न सकेका थिएनौँ । तर अब सहभागिताको तलाबाट पदकको तलामा उत्रिएका छौँ । खेल क्षेत्रका सबै क्षेत्रमा यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ भन्ने विश्वास लिएका छौँ । खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौँ । खेलाडीहरुको खेलपनि हेरेको छु । टिमहरु अन्तर्राष्ट्रियस्तरका छन् । खेल प्रविधिको विकास गर्दै सफलता हासिल गर्दै जानुपर्नेछ । राज्यले सम्मान गरेको छ । यस सम्मानले अन्य खेलाडीहरुलाईसमेत प्रोत्साहन गरेको छ भन्ने विश्वास लिएका छौँ । यो सम्मान र प्रोत्साहन हो । यो सम्मानको स्थानसम्म पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको माध्यमबाट पुरस्कृत गरिने कोशिसका लागि पनि धन्यवादको पात्र हुनुहुन्छ ।’
नेपालले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अगाडी बढुन जरुरी रहेको बताउनुभयो ।
सरकारले ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ गरिदिएको छ । सरकारले डिजिटल माध्यमबाट उहाँको खातामा ६५ लाख रुपैयाँ जम्मा गरेको कार्यक्रममा बताइएको छ ।
यस्तै, प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार, व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार रकम दिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ : प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्