कांग्रेसबाट चुनाव जितेर एमाले प्रवेश गरेपछि दलित महिला वडा सदस्य पदमुक्त
नेपाली कांग्रेसबाट निर्वाचन जितेर एमाले प्रवेश गरेपछि गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित भएकी उर्मिलाले गत चैतमा पार्टी छाडेपछि कांग्रेसले नै उनलाई हटाउन निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो ।
कांग्रेस केन्द्रीय समितिले उनलाई पदमुक्त गर्न आयोगलाई गरेको सिफारिस अनुसार पदबाट हटाइएको आयोगले जनाएको छ ।नेपाली राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम पदमुक्त भएकी हुन् ।
छत्रदेव वडा नं ५ का वडाध्यक्ष रामप्रसाद कँडेलका अनुसार दल बदल गरेको विषयमा नै पार्टीले आचार्यलाई कारबाहीको सिफारिस गरेको र सोही अनुसार आयोगले निर्णय गरेको हो ।
गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले सामाजिक सञ्जालबाट यो विषय सुने पनि औपचारिक रूपमा आयोगबाट केही पत्र नआएको बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसबाट चुनाव जितेर एमाले प्रवेश गरेपछि दलित महिला वडा सदस्य पदमुक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्