लागूऔषध कारोबारको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ,
पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएको छ ।
पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
गत साउन ३ गते पोखरा-२ बसपार्कबाट रोल्पाका ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले लागूऔषध श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । सोही बयानका आधारमा आज फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, ## breakingnews, #लागूऔषध कारोबारको आरोपमा रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्