पूर्वमन्त्री महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले गर्यो खारेज
काठमाडौं, २७ भदौ । उच्च अदालत पाटनले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरूद्धको मुद्दा खारेज गर्ने फैसला सुनाएको छ ।
जानुका पाठक शोभाले गत वैशाख २० गते दर्ता गरेको रिट बुधबार अदालतले खारेज गरेको हो ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी पुग्न नसक्ने ठहर गर्दै खारेजीको फैसला सुनाएको हो । योसँगै बस्नेतले बलात्कारको आरोपबाट सफाइ पाउनुभएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले पनि यो मुद्दा खारेज गर्ने फैसला गरेको थियो । शोभाले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गर्नुभएको थियो ।
जिल्ला अदालत काठमाडौंमा दायर गरिएको रिट खारेज भएपछि शोभाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा पुनः रिट दायर गर्नुभएको थियो ।
उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलकाअनुसार न्यायाधीश ऋषिराज भण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।
शोभाले बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या तथा डकैतीको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्नुभएको थियो । सुरुमा प्रत्यक्ष रूपमा प्रहरीमा जाहेरी दिएकोमा दर्ता नभएपछि उहाँले हुलाकमार्फत जाहेरी दर्ता गराउनुभएको थियो ।
प्रहरीले शोभाको जाहेरीको दाबी पुग्न नसक्ने ठहर गर्दै मुद्दा नचलाउने सिफारिस गरेको थियो । प्रहरीको सिफारिसअनुसार सरकारी वकिल कार्यालयले पाठकको जाहेरी झुटो देखिएपछि मुद्दा नचल्ने गरी मुल्तबीमा राखेको थियो ।
प्रहरी अनुसन्धानमा शोभाले बस्नेतबाहेक अन्य केही पुरुषहरूलाई पनि ब्ल्याकमेल गरेर दुःख दिएको र विवाह गर्दै अंश मुद्दा हाल्ने गरेको खुलासा भएको थियो । बस्नेतमाथि शोभाले लगाएका आरोपहरू पुष्टि नभएपछि प्रहरीले मुद्दा अगाडि बढाएको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वमन्त्री महेश बस्नेतविरुद्धको मुद्दा उच्च अदालतले गर्यो खारेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्