स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई ४५ लाखको सामग्री प्रदान
भदौ २३ गते। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले भक्तपुरस्थित सूर्यविनायक नगर अस्पताललाई मेडिकल उपकरण तथा औषधी हस्तान्तरण गरेको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८ स्थित जगातीमा सञ्चालित अस्पताललाई ४५ लाख रुपियाँ बराबरको सामग्री हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच बढाउन प्रदेश सरकार लागेको बताउनुभयो।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले अस्पतालको माग अनुसार सिप्याप मेसिन, विप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर , डेफिव्रिलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औषधी अस्पतालका प्रमुख डा. राकेशकुमार वर्मालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा केन्द्रका निर्देशक वसन्त अधिकारी, मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाललगायतको सहभागिता रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई ४५ लाखको सामग्री प्रदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्