तिहार नजिकिँदै जाँदा मखमली फूलको माला बनाउन भ्याई नभ्याई
काठमाडौँ । तिहार नजिकिँदै जाँदा कृषकहरुलाई मखमली फूलको माला बनाउन भ्याई नभ्याई भएको छ । तिहारको भाइटिकाको दिन लगाउने मखमली फुलको माला बनाउन कृषकहरु माला गास्नमा व्यस्त भएका हुन् ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनी देखी पाचँ रोपनी सम्मको जग्गामा मखमली फुल लगाएका छन् । जग्गा भाडामा लिएर समेत केहि किसानहरुदले फूल खेती गर्ने गरेका छन् ।

तर, गत वर्ष भन्दा यस वर्ष मखमली मालाको मूल्यमा वृद्धि र बजार व्यवस्थापन हुन नसकेको कृषकहरुको गुनासो रहेको छ ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलको माग बढ्ने भएकाले सम्बन्धित निकायले यसरी व्यावसायीक फूलखेती गरेका किसानलाई प्राविधिक ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने हो भने नेपाल फूलमा आत्मनिर्भर हुने देखिन्छ । नेपालमा मानिसको दैनिक जीवन, जन्मदेखि मृत्युसम्मका लागि आवश्यक करोडौं मूल्यबराबरको फूल विदेशबाट आयात हुने गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मखमली फूल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्