स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको केन्द्र सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री
काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पठाएको छात्रवृत्ति विद्यार्थीले पाए नपाएको केन्द्र सरकारले अनुगमन गर्ने बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिनुभएको छ । ‘सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने छ’, ओलीले लेख्नु भएको छ ।
सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । ‘यसका लागि ६० करोड रुपैँया अनुदान दिएको छ’, उहाँले उल्लेख गर्नुभएको छ ।
दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभएको छ । । गैर आवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ । ‘यसका लागि ५० करोड रुपैँया रकम विनियोजन भएको छ’, प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
शैक्षिक दृष्टिले पछि परेका समुदाय, अति बिकट हिमाली जिल्लाका विद्यार्थी लगायत सात वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको पनि उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको केन्द्र सरकारले अनुगमन गर्छ : प्रधानमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्