गोरखा–आँबुखैरनी सडक अवरुद्ध
भदौ २१ गते । अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो ।
आँबुखैरेनी ५ किलोमा शुक्रबार बिहान ५ बजे पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनदेखि निरन्तर रुपमा परेको अविरल वर्षाले गोरखा नगरपालिका –१३ स्थित ५ किलोमा बिहान ५ बजे पहिरो गएको छ ।
गोरखाबाट काठमाडौं, चितवन, पोखरा लगायत ठाउँमा पुग्नु पर्ने सवारी साधनहरु बिचबाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लेदोसहित ठुलो पहिरो गएकाले पहिरो पन्छाउन नेपाल प्रहरी, गोरखा सडक योजना कार्यालय र गोरखा नगरपालिकाको सहयोगमा जेसिबी प्रयोग गरी पहिरो पन्छाउन सुरु भएको प्रहरीको भनाइ छ ।
अबको केही घण्टामा सडक सुचारु हुने गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । झण्डै ५ घण्टादेखि यात्रुवाहक सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोका कारण आँबुखैरनी सडक बन्द भएको छ । निरन्तर रुपमा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेकाले छिट्टै नै एकतर्फी रुपमा भए पनि सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोरखा–आँबुखैरनी सडक अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्