काठमाडौंका एमाले नेताहरू नदी किनारका बस्ती जोगाउनबारे छलफल गर्न प्रचण्डकोमा, के दिए जवाफ?
काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। बिहिबार दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरु, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन्।
प्रचण्डलाई भेटेर नदि किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले बताए।
अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने बिषयमा सहमति जनाउदै प्रचण्डले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाए। त्यसबारे आफ्नो दलबाट औपचारिक निर्णय गरेर सरकारले भ्याकेटमा जाँदा समर्थन जनाउने प्रचण्डले प्रतिबद्धता जनाएको उनले बताएका छन्।
भेटमा प्रचण्डले नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको बैठक बसेर धारणा सार्वजनिक गर्ने जनाएको एमालेका नेता आनन्द पोखरेलले बताए।
उनले भने, ‘उहाँले तपाईंहरुको र हाम्रो धारणा यो विषयमा उस्तैउस्तै छ। हामी पार्टीको बैठक बसिरहेका छौं। यो विषयमा छलफल गरेर बोल्छौं।’
उनले एमाले नेताहरुसँगको भेटमा बालेनले व्यवहारिक कुरालाई भन्दा लोकप्रियतालाई हेर्ने गरेको टिप्पणी गरेको पनि नेता पोखरेलले जनाए।
उनले भने, ‘बालेनजीले राजनीतिक दलभन्दा फरक धारणा राख्नुहुन्छ। उहाँले व्यवहारिक कुरालाई भन्दा लोकप्रियतालाई हेर्नुहुन्छ भन्नुभयो।’
यो विषयलाई लिएर एमालेका नेताहरु नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा निवासमा पनि पुगेका थिए। भेटमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानपर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिएका थिए।
अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार बिस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने भएपछि एमालेका नेताहरु त्यसलाई जोगाउने पक्षमा जुटेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले नेताहरू प्रचण्डकोमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्