Techie IT
बुधबार, कात्तिक २६,२०८३

तारकेश्वर लोलङमा खोलाले बगाउँदा १२ वर्षीय विमल तामाङ बेपत्ता


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

आज साँझ लोलङ तरकारी बजारनजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

आज साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा खोलाले बगाउँदा १२ वर्षीय विमल तामाङ बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्