अधुरा आयोजनाहरू निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अधुरा आयोजनाहरू निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री खड्काले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले रानी जमरा कुलरीया सिँचाइ प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठुलो सिँचाइ प्रणाली भएको बताउनुभयो ।
मन्त्री खड्काले उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत र भौतिक प्रगति ७४.३६ प्रतिशत भएको बताउनुभयो। उहाँले उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको बताउनुभयो। यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको मन्त्री खड्काले बताउनुभयो । पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिँचाइ गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिँचाइ गर्ने भनिएको खड्काले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्जा, #जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, #सिचाइ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्