भोटको सदुपयोग संखुवासभाबासीले गर्न पाउनुपर्छ : मन्त्री खड्का
काठमाडौँ, १५ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको विकासमा कटिवद्ध रहेको बताउनुभएको छ ।
संखुवासभाका विभिन्न सङ्घसंस्थाले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘संयुक्त तीज कार्यक्रम’मा बोल्दै संखुवासभाबाट निर्वाचित सांसद खड्काले संखुवासभाको विकास आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको हो ।

“म तपाईँहरुको माया, सद्भाव र भोटका कारण आज मन्त्री भएको छु, यसको सदुपयोग संखुवासभाले गर्न पाउनुपर्छ,”–मन्त्री खड्काले भन्नुभयो । उहाँले धर्म, संस्कृति, रितिरिवाज र प्राकृतिक स्रोत साधनले सम्पन्न संखुवासभाको एकतालाई थप बलियो बनाउन तीज कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीज पर्वले सबै भाषा, संस्कृति, धर्मलाई एकैठाउँमा जोडेकाले तीजको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, कोसी प्रदेशका सदस्य एवम् पूर्व प्रदेशमन्त्री राजेन्द्र कार्कीलगायतले विभिन्न धर्म, संस्कृति, जातजाती बसोबास गर्ने सुन्दर फुलबारीका रुपमा रहेको संखुवासभाको एकतालाई तीज पर्वले थप मजबुद बनाएको बताउनुभएको थियो ।

एक दर्जनभन्दा बढी संस्थाको संयुक्त आयोजनामा भएको संयुक्त तीज कार्यक्रममा संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशनका अध्यक्ष शंकर खनालले संखुवासभाको विकासका लागि जिल्लाभित्रका संघसंस्था हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : ## काठमाडौं, #उर्जा मन्त्री, #तिज कार्यक्रम, #दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्