सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय पर्यटकको आकर्षण
बागलुङ, भदौ १२ गते । बागलुङ नगरपालिका ४ को कुँडुले फेदीमा स्थापना गरिएको शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् ।
कालिगण्डकी नदीमा पाइने दुर्लभ शालिग्रामको संरक्षण र धार्मिक महोत्वका बारेमा चेतना जगाउने उद्देश्यले पाँच वर्षअघि करिब ६ करोड रुपियाँ खर्चिएर सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालयको स्थापना गरिएको थियो । यहाँ सङ्ग्रहालयका साथै मुक्तिनारायण मन्दिर,मुक्तिनाथ वेदविद्याश्रम र तिरुपति बालाजीधाम निर्माण गरिएको छ ।
एकसय फिट लामो सुरुङभित्र स्थापना गरिएको सङ्ग्रहालयमा विभिन्न स्वरुप र आकृतिका सवा लाख शालिग्राम अवलोकन गर्न राखिएको छ । सङ्ग्रहालयको प्रवेशद्वार कलात्मक शैलीमा बाघको आकृति निर्माण गरिएको छ । शालिग्राम संरक्षण तथा महत्वलाई विश्वव्यापीकरण गर्न सक्रिय स्वर्गीय स्वामी श्रीधराचार्यको नाममा सङ्ग्रहालयको नामाकरण गरिएको स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।
शालिग्राम राख्नका लागि एकसय फिट लामो सुरुङ निर्माण गरिएको छ । करिब ४० वर्षदेखि सङ्कलन गरिएका सवा लाख शालिग्रामलाई यहाँ संरक्षण गरेर राखिएको छ । सङ्ग्रहालय परिसरमा विद्याश्रम संस्कृति पाठशाला पनि सञ्चालन गरिएको छ ।
मुस्ताङको मुक्तिनाथ, बागलुङ कालिका र पञ्चकोट भ्रमणमा आउने धार्मिक पर्यटकहरु शालिग्राम सङ्ग्रहालयको अवलोकनमा आउने गरेको तिरुपति बाजाजीधाममा बस्ने भक्त डण्डपाणी उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यहाँ भारतीय धार्मिक पर्यटकहरु धेरै आउने गरेका छन् । गत वर्षको असार देखि कार्तिक महिना सम्म दैनिक ५० देखि एकसय जनाको हारहारीमा भक्तजनहरु आएका थिए । हालै मात्र तनहुँमा भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेपछि यहाँ आउने भक्तजनहरुको सङ्ख्यामा पनि कमि आएको छ ।’’

सङ्ग्रहालयभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको एकै ठाउँमा बनाइएको आकृतिले भक्तजनहरुलाई आकर्षित गर्ने गरेको सङ्ग्रहालयको कर्मचारी सिर्जना शर्माले बताउनुभयो । सङ्ग्रहालय भित्र जानका लागि एकसय रुपियाँको टिकट लिनुपर्ने उहाँको भनाइ छ ।
मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजनहरु शालिग्राम सङ्ग्रहालयमा आउने गरेको कर्मचारी शर्माले बताउनुभयो । करिब दश करोड रुपियाँ खर्च गरेर शालिग्राम सङ्ग्रहालय, वरपरका मठ मन्दिर र अन्य धार्मिक संरचनाहरु निर्माण गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय पर्यटकको आकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्