दारी ग्याङ’ ले फुटसल गर्ने
काठमाडौँ, भदौ ११ गते । सामाजिक सञ्जालमा सक्रिय युवाहरूको समूह ‘दारी ग्याङ’ ले भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कपनस्थित कान्तिपुर ट्रेनिङ सेन्टरमा हुने फुटसलमा २४ देखि ३२ टोलीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितालाई बीज एजुकेसनले मुख्य प्रायोजक गरेको छ ।
प्रतियोगितामा जो कोही नेपाली नागरिकले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल, उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स र उच्च गोलकर्ताले गोल्डेन बुटसहित जनही पाँच हजार रुपियाँ प्रदान गरिनेछ ।
‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ आयोजना गरिन लागिएको प्रतियोगिताबाट बचत रकम सामाजिक कार्यक्रममा खर्च गरिने आयोजक समितिका सदस्य महेश्वर घिमिरेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दारी ग्याङ’ ले फुटसल गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्