Techie IT
बुधबार, कात्तिक २६,२०८३

फुलब्राइटमा बेल्ट प्रमोसन सम्पन्न


प्रदीप ढकाल ,भक्तपुर
भाद्र ११, मंगलवार ।

फुलब्राइट शितोरियु कराटे डोजोको बेल्ट प्रमोसन कार्यक्रम सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका–३ फुलब्राइट स्कूलमा उक्त बेल्ट प्रमोसन कार्यक्रम भएको हो।

डोजोका प्रशिक्षक स्विटि गेलालको अनुसार जम्मा ४८ जना बिधार्थीको प्रमोसन भएको हो। यस डोजोका बिधार्थीहरूले खेलमा समेतनिकै उत्साह, अनुशासित हुँदै कुशल खेल खेल्ने गरेको समेत प्रशिक्षकले बताए।

उक्त कार्यक्रममा प्रशिक्षक स्विटि गेलालसंगै नगर खेलकुद बिकास समितिका संयोजक रधु के सी, बिधालयका प्रिन्सपल राजेश दाहाल लगायतको उपस्थिति रहेको थियो। नगर खेलकुद बिकास समितिका संयोजक रधु के सीले चाँगुनारायण नगरपालिकालाई खेलकूदको हब बनाऊन नगरका हरेक बिधालयमा निरन्तर बिभिन्न खेलकूद प्रशिक्षण भईरहेको बताए। बिधालयका प्रिन्सपल राजेश दाहालले उक्त कार्यक्रमलाई सफल बनाऊन सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ज्ञापन गरे।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्